समय : ०२:०५ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा ४.१ रेक्टर स्केलको भूकम्प

सेवालुङ खवर | श्रावण १३ गते २०८१

ताप्लेजुङ,शनिबार राति ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। राति १०:३० बजे फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पले मज्जाले हल्लाएको स्थानीयले जनाएका छन्। तर क्षतिको विवरण नरहेको फक्ताङलुङ गाउँपालिका २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जानकारी दिए ।गएको असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो । २०६८ असोज १ गते बेलुका ६स्२५ बजे यही पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्