समय : ०२:०५ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङलुङ गाउँपालिका उपाध्यक्षद्धरा मनसुन प्रभावितलाई खाद्यान्न वितरण

सेवालुङ खवर | श्रावण ३ गते २०८१

ताप्लेजुङ जन्मदिनको अवसरमा मनसुन प्रभावितलाइ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) ले खाद्यान्न वितरण गरेको छ । उपाध्यक्ष लिम्बुले आफ्नो जन्मदिनको अवसरमा पारेर गाउँपालिकाका दश परिवारलाई खाद्यान्न वितरण गरेको थियो । पालिकाका उपाध्यक्ष साम्रा लिम्बुले फक्ताङलुङ गाउँपालिका एक सावादिन, तेम्रुङ् गाउँका स्थानीय दुई नागरिक र वडा नं. २ खेजेनिमका ८ गरी जम्मा दश,स्थानीय नागरिकलाई एक/एक बोरा चामल, दुई/दुई प्याकेट नुन, एक/एक केजी दाल र एक/एक प्याकेट तेल वितरण गरेको थियो । स्थानीयको घरहरु बाढी पहिरोले जोखिम अवस्थामा रहेको कारण थोरै मात्रामा भएपनि सहयोग होस भनी गरेको थियो । उपाध्क्षय लिम्बुले सम्भावित जोखिम ठाउँलाई मध्यनजर गर्दै सुरक्षित गन्तव्यमा रहनसमेत स्थानीयलाई आग्रह गरेका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्