समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

याक्थुङ चुम्लुङहिम धरानले गर्यो मुन्धुमस्थल विधहरुलाई सम्मान,

सेवालुङ खवर | असार २३ गते २०८१

अषार २३ आइतबार धरान उपमाहानगर पालिका वाड नम्बर १३ याक्थुङ चुम्लुङ हिममा यक्थुङ सम्मान औपचारीक कार्यक्रम भएको छ । याक्थुङहरु को हराएको याक्थुङ इतिहास कारहरुलाई र मुन्धुम खोज अनुसन्धान कर्ताहरुलाई र याक्थुङ मौलिकता बचाउ अभियानता तथा मुन्धुम स्थल बिधहरुलाई सम्मान औपचारीक कार्यक्रम गरेको हो । र विभिन्न संस्थामा मा योगदान र याक्थुङ मुन्धुम स्थल खोज अनुसन्धान इम्बिरि याङ्धााङ्वा खासाम प्रसारमा उच्च योगदान दिनुहुने अभियानता हरुलाई सम्मान गरेको हो । र याक्थुङ इतिहासलाई उठाउनु अर्थात र भौतिक योगदान दिनुहुने याक्थुङ अभियानता हरुलाई याक्थुङ चुम्लुङ केन्द्रबाट सम्मान कार्यक्रम हुने भएको याक्थुङ चुम्लुङका सदस्य प्रेमिका महरेसङ माबोहाङले बताएका छन् ।उक्त सम्मान हुने याक्थुङ अभियानता का नामवलीहरु तुतु तुम्याङ लोकेन्द्र तबेबुङ याक्थुङ लिम्बू,नरेन्द्र माबोहाङ याक्थुङ लिम्बू ,दिल सिङ मेन्ङबो याक्थुङ लिम्बू ,जय मादेनबा याक्थुङ लिम्बू ,कमल अन्छाङबो याक्थुङ लिम्बू ,मान तबेबुङ (नाजम) याक्थुङ लिम्बू ,युवा याक्थुङ अभियानकर्ता ब्रोसिस माबोहाङ याक्थुङ लिम्बू ज्युहरुलाई आइतबार बिहान १० बजे धरानको याक्थुङ चुम्लुङ हिममा केन्द्र अध्यक्ष भक्ता मुसुहाङको हातबाट सम्मान कार्यक्रम भएको याक्थुङ चुम्लुङ का मेम्बर प्रेमिका महरेसङ माबोहाङले जानकारी गराउनु भएको छ ।

फोटो-मनीकुमार माबोहाङ (ब्रोसिस)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्