समय : ०१:२३ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा तीन दिनभित्र विसालु सर्पले डसेर दुईजना घाइते

सेवालुङ खवर | असार ११ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा तीन दिनभित्र विसालु सर्पले डसेर दुईजना घाइते हुनुभएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकाका एक वृद्ध र पाथीभरा याङ्वरक गाउँपालिकाकी एकजना वृद्धा सर्पले डसेर घाइते हुनुभएको हो ।मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबु, महाबुङका ६४ वर्षीय बमबहादुर नाल्बो लिम्बू सर्पले डसेर घाइते हुनुभएको छ । लिम्बूलाई सोमबार बारीमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते बनाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।प्रनाउ रावलका अनुसार जिल्लामा उपचार सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली झापा पठाइएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका–१ की ६३ वर्षीया लक्षुमाया सार्कीलाई पनि सर्पले डसेर घाइते बनाएको छ । सार्कीलाई पनि बारीमा घाँस काट्ने क्रममा शुक्रबार बिहान विसालु सर्पले डसेको थियो ।सर्पले डसेर घाइते हुनुभएकी सार्कीको भने जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साभार–उज्यालो पोष्ट डटकम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्