समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

पुनःनामाङ्कन संयुक्त सङ्घर्ष समितिद्धारा ताप्लेजुङको फुङलिङ बजार स्थित पत्रकार सम्मेलन

सेवालुङ खवर | असार ३ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको फुङलिङ बजार स्थित असार १ र २ गते स्नोलियोपार्ड होटलमा प्रदेश न १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रदेश न १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येस्तेनको अध्यक्षतामा ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको थियो । बैठकले गरेको महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । प्रदेश सरकार र सभाले हाल सम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको भन्दै कोशी नाम खारेजी आन्दोलनलाई घनीभूत तयारीको साथ २०६१ मंसिर २ गते आइतवार विराटनगरमा विशाल जनप्रदर्शन सहित नयाँ चरणको आन्दोलन सुरुगर्ने निर्णय गरेको छ । कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङकन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र त्यसका नेताहरू अग्रसर नदेखिएकोहुँदा संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्नेबारे आवश्यक अध्ययन र ठोस तयारी गर्ने निर्णय गरेको छ । कोशी नाममा भोट दिने ८२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गालि दिने ३ जना नेताहरुलाई दबाब दिन उनीहरूको परिवार तथा नाता गोताहरुलाई अनुरोध गर्ने र भावना बिपरित भोट दिएको कारण जनता आक्रोशित भएको भन्दै प्रदेश सभा सदस्य हरुलाई सार्वजनिक कार्यक्रम हरुमा निमन्त्रणा नगर्न नगराउनुहुन सबै पक्षसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गठन गरेको तथाकथित शान्ति टोलिको सम्बन्धमा कोशीको प्रस्तावक राम राना मगरक ैनेतृत्वमा बार्ता टोली गठन गर्नु खेदजनक छ निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलका नेताहरु सहितको मुख्य मन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय पनी गरेको छ । इलाममा उपनिर्वाचन सिकाइ सहितको पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापि प्रशिक्षण,संगठन विस्तार र सुद्धिकरण अभियान असार १५ देखि कार्तिक १५ गतेसम्म संचालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । तेस्रो जन आन्दोलन र पहिचान मुद्दालाई शसक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्था हरूलाई मोर्चाबन्दी वा संगठित गर्न रामभक्त कुरुम्वाङको संयोजकत्वमा कृष्ण चोङवाङ, पदम अधिकारी, युवराजराई र राम मादेन रहेको कार्यदल बनाउने निर्णय गरेको छ । प्रदेश नं. १ को आन्दोलनको क्रममा एक वर्ष अघिदेखि इलाममा थुनामा रहेका हस्त बहादुर लिम्बू ।आशिष साँवाको रिहाइको लागि थप पहल गर्न पहिचानसहित प्रदेश नं १ पुनः नामाङकन अभियान संयुक्त सङ्घर्ष समितिसमितीका संयोजक ढकेन्द्रसिंह थेगिमको संयोजकत्वमा परशुराम राई, रमेश राई, लाक्पा शेर्पा र नितेशसिगकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं. १ मा रहेका थातथलो खुलेका र नखुलेका समुदायहरूसँग सम्बाद गर्ने यसकोलागि पदम अधिकारीको संयोजकत्वमा निरन्ती तुम्बापो, केदार धिमाल, मन्द सोताङ राई र पदम जबेगुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । ल्हासा–कोशी लोकमार्गको धरानदेखि धनकुटाको हिले खण्डलाई राम्लिहाङ, रिदामा लोकमार्ग घोषणागर्ने यसका तयारीको लागि कृष्ण चोङवाङको संयोजकत्वमा पदम अधिकारी, बिरेन्दखारा, संजय सन्तोषी राईलाई जिम्मेवारी दिने मुन्धुमी स्थल मुक्कुम लुङमाथि भएको सांस्कृतिक अतिक्रमण र केवलकार निर्माण खारेजीको लागि हाल संघर्षरत मुस्कुमलुङ ताःङसेप का फा.ंसिङ चुम्भोसँगै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने निर्णय गरेको छ । मुकुमलुङमा पूजा व्यवस्थापनको लागि फेदाङमा पुजारी र सेवासावा नियुक्त गर्ने घोषणा र केबलकार खारेज गर्ने निर्णयलाई संयुक्त रुपमा प्रतिवद्धताका साथ कार्यान्वयन गर्ने यसको साथै मुन्धुमी मूल्यमान्यता र परम्परा वमोजिमको सांस्कृतिक पर्यटकीय स्थलको विकास अवधारणा निर्माण संयोजन गर्न डा. महेन्द्र लावतीलाई जिम्मेवारी दिने र इलाम २ को उपनिर्वाचन चुनाबबाट एकल जातिवादी सत्तालाई चुनौति दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको, मत परिणामलाई सकारात्मक रहेको समीक्षा गरेको छ । निर्वाचनमा सहयोग गर्नुहुने मतदाता र देश विदेशबाट आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुहुने प्रति हार्दिकआभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्