समय : १०:४७ am | बुधबार , कार्तिक १२ गते २०८३

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान

सेवालुङ खवर | कार्तिक ३ गते २०८३

कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान भएको छ।गुम्बा पुनर्निर्माण समितिका अनुसार ३४३ जनाले स्वतःस्फूर्त श्रमदान गरेका छन्। समितिका अध्यक्ष देवराज गुरुङले उक्त सङ्ख्यामा श्रमदान गर्नेहरूको हाजिरी गरिएको जानकारी दिनुभएको छ।यो समाचार तयार पार्दासम्म गुम्बाको ढलान जारी छ। ८५० बोरा सिमेन्टको ढलाइ भएकाले अबको तीन–चार घण्टासम्म लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ।७२५ बोरा सिमेन्ट विभिन्न दाताहरूले निःशुल्क उपलब्ध गराएका हुन्। दाताहरूले उपलब्ध गराएका सिमेन्टमध्ये १०० बोरा भने आफैँ निर्माणस्थलसम्म पु¥याइदिएका थिए। बाँकी समितिले नै ढुवानी गरेर निर्माणस्थलमा पु¥याएको हो।गत वैशाख १९ गतेबाट सुरु भएको गुम्बा पुनर्निर्माणको काम तीन वर्षभित्र सकाउने लक्ष्य रहेको छ। समितिका अध्यक्ष गुरुङ सोचेजस्तोभन्दा चाँडो कार्यप्रगति भइरहेको बताउँदै यही अवस्थामा काम अघि बढ्ने हो भने तीन वर्ष नलाग्ने बताउनुहुन्छ।साढे ८ करोड लागतमा बन्ने गुम्बामा छोर्तेन, गेट, सजावटका तस्बिर, त्रिरत्न र बुद्ध भगवान्को सालिक तथा आँगनमा बिछ्याइने ढुङ्गालगायत समावेश रहेका छन्।–रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्