समय : ०७:२४ pm | बिहिबार , कार्तिक १३ गते २०८३

इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो

सेवालुङ खवर | असाेज २१ गते २०८३

असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि सुरु गरेको छ । हाललाई अफलाईन सेवा प्रदान गर्न थालिएको कायममुकायम शाखा अधिकृत श्यामलाल पन्थीले जानकारी दिनुभयो । नेपाल टेलिकमको इन्टरनेट जडान पश्चात अनलाइन सेवा सञ्चालन गरिने बताइएको छ । गत भाद्र ५ गतेदेखि सेवा प्रारम्भ गरेको कार्यालयले हालसम्म १९४ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। यसरी सेवा लिनेमा ११८ जनाले नयाँ नागरिकता,७१ जनाले नागरिकता प्रतिलिपि,चारजनाले आदिवासी जनजाति सिफारिस र एकजनाले नाबालक परिचयपत्रको सेवा लिएका छन्। जिल्लाका पूर्वी भागका सर्वसाधारणलाई प्रशासनिक सेवा सहज रूपमा पु¥याउन स्थापना गरिएको इलाका प्रशासन स्थापना भएपछि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम फुङ्लिङमा नागरिकता लगायत प्रशासनिक काममा आउनुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा राहधानीलगायत थप सेवा विस्तार गर्दै जाने प्रशासनले जानाएको छ ।–रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्