असोज २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले श्रावण १ गते यता २७५ सेवा ग्राहीका राहदानी राहदानी विभागबाट प्राप्त भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादवप्रसाद भट्टराईका अनुसार संकलित राहदानी सेवाग्राहीको ठेगानामै पठाइनेछ।सेवाग्राहीहरूले राहदानीको फाराम भर्दाखेरि नै कहाँबाट लिने भनेर उल्लेख गर्ने गरेका हुन्छन्। सोहीअनुसार हुलाकमार्फत सम्बन्धित ठेगानामा पु¥याइने उहाँले जानकारी दिनुभयो।जिल्ला प्रशासन कार्यालयबाटै लिन चाहने सेवाग्राहीले प्रशासनबाट पनि आफ्नो राहदानी बुझ्न सक्ने प्रशासनले जनाएको छ ।– रेडियो ताप्लेजुङ
ताप्लेजुङ प्रशासनमा श्रावणयता २७५ थान राहदानी आयो








