ताप्लेजुङ, असोज १७ । अब ताप्लेजुङमा पनि दुईजना सहायक प्रमुख जिल्ला अधिकारी हुने भएका छन् । गृह मन्त्रालयले शाखा अधिकृत जयकुमार खनाललाई यहाँको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पदनस्थापन गरेको छ । शाखा अधिकृत यादव भट्टराई यसअघि देखि ने सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको छ । खनाल पाँचथरस्थित कुम्मायक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको थियो । खनाललाई गृह मन्त्रालयमा सरुवा गरेपछि गृहले ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा पदस्थापन गरेको छ । खनालले यसअघि फुङलिङ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिको निमित्त जिल्ला समन्वय अधिकारीको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । गत असार २८ गते देखि नेपाल सरकारका उपसचिव उमेशकुमार दाहाल यहाँको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको छ ।– उज्यालो पोष्ट
अब ताप्लेजुङमा पनि दुईजना सहायक प्रमुख जिल्ला अधिकारी हुने








