समय : ०७:२३ pm | बिहिबार , कार्तिक १३ गते २०८३

बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा

सेवालुङ खवर | असाेज १६ गते २०८३

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना चार महिनादेखि ठप्प छ । गत जेठमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।रिडी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति पु¥याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु हुन नसक्दा आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन आयोजनाका सामाजिक परिचालक तथा हेडबक्स इन्चार्ज टीकाराम मिश्रका अनुसार प्रतिकूल मौसमका कारण पुनर्निर्माणको काम सुरु गर्न ढिलाइ भएको हो । जेठदेखि भदौसम्म लगातारजसो वर्षा हुनुका साथै मेची राजमार्ग र तमोर करिडोरलगायतका सडकमा बाढीपहिरोले क्षति पु¥याएपछि निर्माण सामग्री आयोजनास्थलसम्म पु¥याउन समस्या भएको उहाँले बताउनुभयो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना बने पनि वर्षायामका कारण काम अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ । मौसममा सुधार आउन थालेकाले दसैँपछि पुनर्निर्माणको काम सुरु गर्ने तयारी रहेको मिश्रले बताउनुभयो । बाढीपहिरोका कारण आयोजनाका अधिकांश संरचनामा क्षति पुगेकाले पुनर्निर्माणमा ठूलो लगानी आवश्यक पर्ने प्रवर्धक कम्पनी रिडी हाइड्रोपावर लिमिटेडले जनाएको छ । लामो समयदेखि उत्पादन बन्द हुँदा आयोजना र लगानीकर्ताले आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । इँवाखोला आयोजनासँगै बाढीपहिरोबाट क्षति भएका अरुण काबेली पावर लिमिटेडका २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ तथा १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यास्केड आयोजना पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन् । इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावती खोलाबाट उत्पादन गरेको ९.७ मेगावाट क्षमताको आयोजना पनि पुनः सञ्चालनमा आएको छ । – गोरखापत्र अनलाइन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्