समय : ०२:२९ pm | बिहिबार , कार्तिक १३ गते २०८३

फक्ताङलुङ गाउँपालिमा पालिका भित्रका सबै बिद्यालयहरु बन्द गर्न आग्रह,

सेवालुङ खवर | असाेज ८ गते २०८३

ताप्लेजुङ, असोज ७ । सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म पालिका भित्रका सबै बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सम्भावित प्रतिकुल मौसमलाई ध्यानमा राखी तीनदिन पालिका क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार बिद्यालय बन्द गरी सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । पालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर नहिड्न, यात्रा नगर्न र समयमै विपद् प्रतिकार्यको तयारी गर्न सबैलाई आग्रह गरेको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्लाका ९ वटै पालिकालाई अनुरोध पत्र लेख्दै सम्भावित विपद् जोखिलाई मध्यनजर गर्दै असोज ९ गते देखि ११ गतेसम्म पालिका अन्तरगतका बिद्यार्थीलाई सुरक्षित तवरले बिद्यालय आउने जाने व्यवस्था मिलाउन र आवश्यक परे बिद्यालय बन्द गर्नुपर्ने भए सोहि अनुसार व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।–खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्