समय : ०९:४८ pm | शुक्रबार , कार्तिक १४ गते २०८३

ताप्लेजुङको दास्रो दोभान बजारमा आगलागी

सेवालुङ खवर | असाेज ८ गते २०८३

ताप्लेजुङ, असोज ८ । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघ शाखा दोभानका अध्यक्ष हरि काफ्लेले अहिलेसम्म तीनवटा घर आगोले भेटिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चन्द्रप्रसाद पौडेल, डण्डु लामा सहितको घर आगोको लप्काले घेरेको छ । मानवीय प्रयासबाट आगो नियन्त्रणमा लिन सम्भव नभएको काफ्लेले जानकारी दिनुभयो । दोभान बजार झुरुप्प बस्ति भएको बजार हो । त्यहाँका अधिकाँस घर काठ र टीनले बनेका छन् । दोभान बजारमा केहि बर्ष अघि पनि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाँइले आगलागी भएको र बिद्युत आपूर्ति बन्द गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।फुङलिङ बजारबाट दमकल र सुरक्षाकर्मी सहितको टोली दोभानतर्फ प्रस्थान गरेको डिएसपी बजगाँइले जानकारी दिनुभयो । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।– उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्