ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायमा हस्तान्तरण गर्ने ऐतिहासिक अवसरसँग जोडिएको हेलिकोप्टर दुर्घटनामा संरक्षण क्षेत्रका २४ जना विज्ञ तथा संरक्षणकर्मीको ज्यान गएको २० वर्ष पूरा भएको छ। २०६३ साल असोज ७ गते कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई विश्वमै नमुनाका रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन संरक्षणविद्हरू ताप्लेजुङ आएका थिए। उनीहरू संरक्षण क्षेत्रको अवलोकनका क्रममा घुन्सा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।घटनाले नेपालको संरक्षण क्षेत्रमा अपूरणीय क्षति पु¥याउनुका साथै देश–विदेशमा समेत गहिरो शोक सिर्जना गरेको थियो।कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहभागितामा व्यवस्थापन गर्ने अवधारणा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय संरक्षण क्षेत्रमै नमुनाका रूपमा लिइएको थियो। स्थानीय समुदायलाई संरक्षण व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्ने उक्त ऐतिहासिक प्रक्रियामा सहभागी हुन आएका संरक्षणविद्हरूको दुर्घटनामा निधन भएको दिनलाई संरक्षण क्षेत्रसँग जोडिएको महत्वपूर्ण स्मृति दिवसका रूपमा समेत लिइँदै आएको छ। दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीहरूको योगदानको स्मरण गर्दै सरकारले हरेक वर्ष राष्ट्रिय संरक्षण दिवस मनाइँदै आएको छ। संरक्षण क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूको सम्झना र प्राकृतिक स्रोत तथा जैविक विविधता संरक्षणप्रति प्रतिबद्धता दोहो¥याउने अवसरका रूपमा संरक्षण दिवस मनाइन्छ । संरक्षण दिवसको अवसरमा वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङले फुङलिङ ४ भिन्तुना डाँडामा रहेको संरक्षणविद्धहरुका शालिकमा ुमाल्यार्पण साथै अन्तक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको सो संस्थाको अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो ।उता काठमाडौमा रहेको ताप्लेजुङ सरोकार केन्द्रले नागार्जुन नगरपालिका वडा ७मा मा निर्मित घुन्सा पार्कमा ताप्लेजुङसरसफाई अभियान सहित श्रद्धाञ्जलीसभा आयोजना गर्ने ताप्लेजुङ सरोकार केन्द्रका महासचिव असोकप्यासी राईले जानकारी दिनुभएको छ । यस वर्ष उक्त दुःखद् घटनाको २० वर्ष पूरा भएको छ। दुई दशक बितिसक्दा पनि घुन्सा हेलिकोप्टर दुर्घटना संरक्षण क्षेत्रसँग सम्बन्धित नेपालीहरूको स्मृतिमा उत्तिकै ताजा छ। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले अघि सारेको संरक्षणको अभियानलाई निरन्तरता दिनुपर्ने आवाजसमेत उठ्दै आएको छ। । –वेलकम खबर,
कञ्चनजङ्घा संरक्षण क्षेत्र हस्तान्तरणसँगै भएको हेलिकोप्टर दुर्घटनाको २० वर्ष पूरा,








