समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान

सेवालुङ खवर | श्रावण २६ गते २०८३

ताप्लेजुङ, साउन २५ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययरत विद्यार्थीलाई साढे १९ लाख रुपियाँभन्दा बढी छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले उच्च शिक्षा अन्तर्गत साधारण र प्राविधिक धार दुवै विषयमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति रकम प्रदान गरेको हो। गाउँपालिका शिक्षा शाखाका प्रमुख जयप्रसाद रिजालका अनुसार गएको आर्थिक वर्षमा छात्रवृत्तिबापत कुल १९ लाख ६१ हजार चार सय रुपियाँ छात्रवृत्ति रकम विद्यार्थीलाई प्रदान गरिएको छ । छात्रवृत्ति रकम पाउनेमा साधारणतर्फका १३५ जना र प्राविधिक धारतर्फका पाँच जना विद्यार्थी रहेको शाखा प्रमुख रिजालले जानकारी दिनुभयो । साधारणतर्फका १३५ जनालाई कुल १८ लाख ३३ हजार चार सय रुपियाँ छात्रवृत्ति प्रदान गरिएको छ। प्राविधिक धारतर्फका पाँच जनालाई एक लाख २८ हजार रुपियाँ छात्रवृत्तिबापत रकम प्रदान गरिएको शिक्षा शाखाका प्रमुख रिजालले बताउनुभयो । उहाँका अनुसार साधारण शिक्षा अध्ययरत विद्यार्थीलाई प्रतिव्यक्ति न्यूनतम छ हजार २५० र अधिकतम २५ हजार रुपियाँसम्म छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धारतर्फका विद्यार्थीलाई प्रतिव्यक्ति न्यूनतम १३ हजार पाँच सयदेखि अधिकतम ३३ हजार रुपियाँसम्म छात्रवृत्ति रकम प्रदान गरिएको छ । प्राविधिक धार अध्ययन गर्दा लाग्ने शुल्कको. ५० प्रतिशत रकम छात्रवृत्तिका रूपमा गाउँपालिकाले रकम उपलब्ध गराएको हो। यता उच्च शिक्षा अध्ययन गर्ने मापदण्डभित्र रहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । आर्थिक अभावका कारण वा पढाइ शुल्क तिर्न नसकेर कसैले पनि पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुयाउन छात्रवृत्ति उपलब्ध गराउने नीति निर्माण गरी कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।–चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्