ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि ७० वर्षकोलाई मासिक भत्ता दिने निर्णय गराएको छ । नेपाल सरकारले ज्येष्ठ नागरिक ७० वर्ष पछी मात्र दिने भएपनी तर गाउँपालिकाले ६० देखि ७० वर्षकोलाई मासिक भत्ता दिने समेत निर्णय गराएको थियो । गाउँपालिकाले कम पारिश्रमीक गर्दै आएका लेखापाल, भाषा शिक्षक, बाल शिक्षिका तथा कार्यालय सहयोगीहरुको तलब १० प्रति शतले वृद्धि गर्ने निर्णय गरेको छ ।शैक्षिक छेत्रमा लिने दस्तुर समेत फक्ताङलुङ गाउँपालिकाले व्यवस्थित गर्ने भएको छ । लिम्बू र शेर्पा भाषाको सरकारी कामकाज कार्यानमा ल्याइ सहज बनाउने पनी फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी गराएको छ ।
फक्ताङलुङ गाउँपालिकाले ६० देखि ७० वर्षकोलाई मासिक भत्ता दिने








