समय : १२:०३ pm | मङ्गलबार , असार ३० गते २०८३

ताप्लेजुङमा असार महिनामा २५ प्रतिशत मात्र धानबाली रोपाई,

सेवालुङ खवर | असार १६ गते २०८३

ताप्लेजुङ असार महिनामा २५% धानबाली रोपाई गरिएको छ । असार महिनाको समयमा पर्याप्त मात्रामा यस वर्ष पानी परेकोले गर्दा समयमै धानबाली रोपाइँ गरिएको थियो । यस वर्ष ५ हजार ६ सय १३ हेक्टर क्षेत्रफलमा धान बाली खेती लगाउने प्रक्षेषण गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । यस वर्ष पर्याप्त मात्रामा वर्षायाम भएको र आकाशे पानी ले गर्दा धान खेती लगाउन सकिने भएको र साविक भन्दा बढी क्षेत्रमा रोपाई गर्ने गरिएको पनि ज्ञान केन्द्रले जनाएको छ । धान रोपाइ गर्दै २३ औँ राष्ट्रिय धान दिवस कार्यक्रम पनि मनाएका छन् । त्यस्तैगरी ताप्लेजुङका स्थानीय तहले सोमबार जलवायु मैत्री प्रविधि धान्न आत्मनिर्भरता समृद्धि भन्ने नाराका साथ फङ्लिङ नगरपालिका सहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि हरूका साथ मनाइएको छ। यसै बीच कृषि ज्ञान केन्द्रको सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला समन्वय समिति ले धान दिवसको अवसरमा औपचारिक कार्यक्रम गरिएको थियो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्