समय : १२:०२ pm | मङ्गलबार , असार ३० गते २०८३

आइटी एकेडेमीमा सञ्चालित वेब डेभलपमेन्ट तथा ग्राफिक डिजाइन सम्बन्धी तालिम सम्पन्न

सेवालुङ खवर | असार १४ गते २०८३

अषाढ १४ गते । भानु जन माध्यमिक विद्यालयको मातहतमा रहेको आइटी एकेडेमी फुङलिङ ताप्लेजुङमा विगत पाँच महिना अघिदेखि सञ्चालित वेब डेभलपमेन्ट तथा ग्राफिक डिजाइन सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ।घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आर्थिक सहयोगमा सञ्चालित तालिमबाट ग्राफिक्स डिजाइन र वेब डेभलपमेन्ट तर्फका प्रशिक्षार्थी दीक्षित भएका हुन्। तालिममा ६० जना प्रशिक्षार्थी सहभागी रहेका थिए। विश्वव्यापी संस्था ुलर्नियो ुको तर्फबाटउनीहरुलाई विभिन्न श्रेणीगत प्रमाणपत्र प्रदान गरिएको हो। प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य , पूर्व उद्योग ,कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले आफूले तयार गरेका प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए। उनीहरूले आफूले निर्माण गरेका विभिन्न व्यापारिक संस्थाहरूको ग्राफिक डिजाइन तथा वेबसाइट प्रस्तुत गरेका हुन् । समापन कार्यक्रममा बोल्दै ग्राफिक डिजाइन सम्बन्धी तालिम लिनुभएका प्रदिप गुरुङले ५ महिने तालिम प्रभावकारी बनेको उल्लेख गर्नुभयो । डिजिटल ज्ञान हासिलसँगै आफ्नो डिजिटल सीप विश्व बजार सामु कसरी पु¥याउन सकिन्छ भन्ने ज्ञानसमेत प्राप्त गरेको उहाँको भनाइ छ। त्यसै कार्यक्रममा बोल्दै अर्की प्रशिक्षार्थी दीक्षा बिष्टले ५ महिनाको अवधिमा धेरै कुरा सिकेको र अब डिजिटल मार्केटिङको क्षेत्रमा दृढताको साथ लाग्ने हौसला मिलेको बताउनु भयो। पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले आइटी एकेडेमी ताप्लेजुङको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गर्नुभयो। कोशी प्रदेशबाट मात्र नभएर बाह्य प्रदेशहरूबाट समेत विद्यार्थीहरू आइटी सिक्न ताप्लेजुङमा आउनुले यसको प्रभावकारितालाई अझै बढाएको अधिकारीको भनाइ छ। भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले आफूले सिकेका सीपलाई प्रयोगात्मक ढङ्गले प्रस्तुत गर्दै आर्थिक उपार्जनमा जोड्न सुझाव दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग विकास अधिकृत लक्ष्मी सुहाङले प्रशिक्षार्थीहरूले जोश र जाँगरका साथ तालिम पूरा गरेकोमा आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षका लागिसमेत कोशी प्रदेश सरकारले घरेलु कार्यालय मातहतमा बजेट विनियोजन गरेकाले तालिमलाई अझै प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्यक्रमका प्रमुख अतिथि हाङगामले प्रशिक्षार्थीहरूले निःशुल्क अध्ययन गर्न पाएको विषयलाई हल्का रूपमा नलिएर दक्ष जनशक्तिको रूपमा आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। प्रशिक्षार्थीहरू अब्बल जनशक्ति बनेर आयआर्जनलाई समेत जोड्न सके मात्र आफूले तालिम प्रभावकारी भएको महसुस गर्न सक्ने हाङगामको भनाइ थियो।–किरण गदाईलि

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्