जेठ २६ गते।जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा प्रदेश स्तरीय अलैंची महोत्सव कार्यक्रम हुने भएको छ।अषाढ १२ र १३ गते पालिकाको केन्द्र हाङ्पाङमा “कोशी प्रदेश स्तरीय अलैंची महोत्सव २०८३ ”कार्यक्रम सञ्चालन गरिने मूल समारोह समिति संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिनुभयो । उक्त महोत्सवमा अलैंचीबाट उत्पादन हुने वस्तुहरूको प्रदर्शनी लगायतका विविध कार्यक्रम हुनेछन्।जनप्रतिनिधिहरू सँग अलैंची विज्ञ टोलीबीच आधुनिक खेती र बजार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम हुनेछन्। यस्तो छलफलमा तीनै तहका प्रतिनिधिहरुको छलफल रहने छ । सोही कार्यक्रममा अलैंचीको बिरुवा बोट तथा फल प्रदर्शनी , अलैंचीबाट उत्पादित बस्तूहरूको प्रदर्शनी,स्थानीय उत्कृष्ट बगानको अवलोकन र पहिचान ,स्थानीय कमजोर अलैची बगानको अवलोकन र पहिचान समेत गरिने आयोजकले बताएको छ। साथै कार्यक्रममा अलैंचीसँग सम्बन्धित प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता ,लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुँदैछन्। कृषिसँग आधुनिक अलैंची खेती सम्बन्धी किसान गोष्टी तथा क्रेता विक्रेताबीच अन्तरक्रिया कार्यक्रम र सफल किसानलाई सम्मान कार्यक्रम रहेको आङ्बुहाङले बताउनुभयो। उक्त महोत्सबमा प्रदेश का १४ जिल्लाबाटै प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङ तथा आठाराई त्रिवेणी गाउँपालिका हाङ्पाङको आर्थिक व्यवस्थापन तथा हाङ्पाङ कृषि बजारको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।–रेडियो ताप्लेजुङ
ताप्लेजुङको हाङ्पाङमा कोशी प्रदेश स्तरीय अलैंची महोत्सव हुँदै








