समय : ०३:४४ am | शनिबार , जेठ २२ गते २०८३

ताप्लेजुङ उपन्यासकार श्याम सिंगक सँग भेटघाट कार्यक्रम सम्पन्न

सेवालुङ खवर | जेठ १९ गते २०८३

२०८३ जेठ १९ गते उपन्यासकार श्याम सिंगक सँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । उपन्यासकार श्याम सिंगक सँग ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका ४ होटल जानु इनमा भेटघाट भएको थियो । उक्त अवसरमा साहित्य सिर्जना भाषा संस्कृति तथा सामाजिक विषयमा विचार आदान प्रदान पनि गरिएको थियो । भेट घाटले साहित्य प्रेमी तथा कला कर्मीहरू बीच नयाँ ऊर्जा प्रेरणा र संवादको वातावरण सिर्जना गरेको अनुभूति पनि गरिएको थियो । उपस्थितमा साहित्य अनुरागी शुभ इच्छुक तथा सहभागीहरुले विषेश आभार प्रकट गरिएको थियो । उक्त उपस्थितिमा मुकुम्लुङ साहित्य प्रतिष्ठानका मनिष हेल्लोक, लेकाली कान्छा मुकुम, पूर्व सांसद माननीय बलबहादुर साम्सोहाङ, लगायत अन्य साहित्य प्रेमी शुभ चिन्तकहरुले सहभागी जनाएको ताप्लेजुङ जिल्ला मुकुमलुङ साहित्य प्रतिष्ठानले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्