समय : १०:०० pm | सोमबार , जेठ १८ गते २०८३

माङ्सेबुुङमा अब सरकारी कामकाजी भाषा लिम्बू

सेवालुङ खवर | जेठ १४ गते २०८३

इलाम, जेठ १२ गते । इलामको माङ्सेबुुङ गाउँपालिकामा आजदेखि लिम्बुू भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा घोषणा गरिएको छ । नेपालको संविधान धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्र्ने उद्देश्यले लिम्बुु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा घोषणा गरिएको हो । संविधानको अनुुसुची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारलाई प्रयोग गर्दै गाउँपालिकाले लिम्बुु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुुभयो । गाउँपालिकाले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुुख आतिथ्यतामा आयोजित कार्यक्रममा लिम्बुु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख खापुुङले नेपाल विभिन्न जाती, भाषा, संस्कृति भएको देशमा भएको विविधिता देशको सम्पत्ति रहेको बताउनुुभयो । खापुुङले यो विविधता एकताको प्रतिक रहेको भन्दै त्यसलाई एउटा फूलको बगैंचाका रुपमा लिनुुपर्ने बताउनुुभयो । खापुुङले सबै समुदायको भाषा, संस्कृति, लिपीले समानुपातिक रुपमा संरक्षण र सम्मान पायो भने मात्र राष्ट्रिय पहिचान बलियो हुने धारणा राख्नुुभयो ।यसअघि गाउँपालिकाले लिम्बू जाति तथा भाषी समुदायको बाहुल्यता रहेका, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा १२ सम्म ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपीको पठनपाठनट गर्दैआएको थियो । यस्तै माङसेबुङ गाउँपालिका–५ नम्बर वडा कार्यालयले २०७५ मङ्सिर १३ गतेदेखि ‘लिम्बू भाषा’लाई वडाको कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइसकेको थियो । घोषणापछि गाउँपालिका अन्तर्गतका वडा कार्यालय तथा अन्य सरकारी कार्यालयमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फाराम लगायतका सामग्रीमा नेपाली भाषासँगै ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपी’ प्रयोग हुने बताइएको छ ।कार्यक्रममा माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक विमोचन, वान्तवा भाषा पाठ्यक्रम (आधारभूत तह) विमोचन गरिएको छ । –कोकिला ढकाल

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्