समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

जिल्ला स्वाथ्य कार्यलय ताप्लेजुङद्धारा एच.पि.भि खोप कार्यक्रम सञ्चालन,

सेवालुङ खवर | माघ २६ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङमा राष्ट्रिय खोप कार्यक्रम विद्यालय केन्द्रित एच.पि.भि खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिती संचारकर्मी साथै सरोकावालाहरु सँग कार्यक्रम भएको छ ।जिल्ला स्वाथ्य कार्यलय ताप्लेजुङको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम विद्यालय केन्द्रित एच.पि.भि खोप सञ्चालन ताप्लेजुङको होटल पाथिभरामा भएको थियो । माघ २८ गते बाट पाठेघर मुख क्यानसर रोकाथाम गर्नका लागी एभ पि.भी. भ्याक्सिन दिने कार्यक्रम जिल्ला स्वाथ्य कार्यलय ताप्लेजुङले जनाएको छ । माघ २८ ,२९ र फागुन १मा तिन दिन खोप अभियान सञ्चालन गरिने जिल्ला स्वाथ्य कार्यलय विज्ञहरुले जानकाकी गराएको छन् । १३ सय किशोरी १,३४२ जनालाई एच.पि.भि खोप लगाइने जिल्ला स्वाथ्य कार्यलय ताप्लेजुङले जनाएको छ । अघिल्लो बर्षमा खाप लगाउन छुटेका लक्षित गरी उमेर समुहलाई र अघिल्लो बर्षसम्म गरी दुई जना छुटेको थियो । १० देखि १४ बर्ष उमेरका विद्यार्थी किशोरीर बाहिर रहेकालाई समेत खोप लगाइने स्वाथ्य कार्यालयले जनाएको छ । एचपीभी खोप अभियान ताप्लेजुङमा २ सय ७ वटा खोप केन्द्र निर्धारण निर्धारण गरिने र खोप केन्द्र बिद्यालयमा रहने छन् । २ सय ३ जना स्वास्थ्यकर्मी तथा २ सय ७ जना स्वयंसेविका खटिने भएका छन् । अनुगमनमा तथा सुपरीबेक्षणका क्रममा ७६ जना जनशक्ति परिचालित हुने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रम विद्यालय केन्द्रित एच.पि.भि खोप सञ्चालन सम्बन्धी कार्यक्रममा सम्पुर्ण सञ्चारकर्मी लगायत, फुङलिङ नगरप्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरु, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले खोप अभियान सफल बनाउन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्