समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम जिल्लास्तरीय समिक्षा कार्यक्रम सम्पन्न,

सेवालुङ खवर | पौष २० गते २०८२

ताप्लेजुङ / ताप्लेजुङ जिल्लाको जिल्ला समन्वय सभाहलमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम जिल्लास्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ। करुणा फाउन्डेसन कोशी प्रदेश सरकार र जिल्लाका स्थानीय तहहरूको समन्वयमा सञ्चालन भएको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना समीक्षा कार्यक्रमहरु तथ्याङ्क प्रस्तुत गरिएको हो। अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका वरिष्ठ व्यवस्थापक कमल कोइरालाका भनाइ अनुसार मृत्यु भएका बसाईसरी गएका र अपाङ्गताको अवस्थाहरू समाधान अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम मा समावेश नभएका संख्या घटाएर २३९ जना अपाङ्गता भएका व्यक्ति कायम रहेको बताउनुभयो । त्यसै अनुसार रोकथाम तथा पुनस्र्थापना कार्यक्रममा २५३० जना व्यक्तिहरूको अपाङ्गता सूचीमा रहेका छन्। उक्त सङ्ख्याहरू मध्ये ८२ जनाको मृत्यु भएको र ४० जना बसाईसरी अन्य ठाउँ गएका छन्। अपाङ्गता भएकामध्ये २९ जनाको अपाङ्ग ता अवस्था समाधान भएको विवरण पनि वरिष्ठ व्यवस्थापक कोइरालाले जानकारी गराउनु भयो। २०७८ सालको जनगणना अनुसार यहाँ कुल २९७८ व्यक्ति अपाङ्गता भएको तथ्याङ्क देखाइएको थियो। राष्ट्रिय जनगणनाको विवरण अनुसार अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रममा संलग्नता भएको मध्ये संख्या ४०० भन्दा ४८ ले भिन्नता भएको देखाइएको थियो अपाङ्गता भएका व्यक्तिहरूको सुरुमा तथ्याङ्कका आधारमा हेर्दा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएको व्यक्ति देखिएका थिए। त्यसै अनुसार दृष्टिसम्बन्धी समस्याका २६८ जना सुनाइ सम्बन्धीका २२७ जना श्रावण दृष्टिविहीन ८ जना मानसिक तथा मनोसामाजिक समस्याका १४२ जना बौद्धिकता ६७ जना अडिजमका २२ जना पहिचान नखुलेका २४ जना व्यक्ति अपाङ्गता रहेको छन्। हेमोफिलियाका कारण अपाङ्गता भएका व्यक्ति नरहेको ताप्लेजुङमा पनि वरिष्ठ कोइरालाले विवरण उल्लेख गर्नुभएको थियो। हेमोफेलिया रक्त श्राप सम्बन्धी एक प्रकारको अपाङ्गता पनि हो।१० प्रकारका अपाङ्गतामध्ये हेमोफिलियालाई समेत मानिन्छ प्रत्येक किसिमका प्लटिङ प्यारा टर मध्ये ट्याक्टर ८ र ९ को शरीरमा कमी भयो भने त्यसलाई हेमोफेलिया अपाङ्गता भन्ने गरिन्छ।

फोटो:तस्विर बसन्त लिम्बु लाबुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्