समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

फेज नेपालद्धारा सामुदायिक विद्यालयलाई फक्ताङलुङ गाउँपालिकामा शिक्षा सुधार,

सेवालुङ खवर | मंसिर २६ गते २०८२

ताप्लेजुङ,ताप्लेजुङमा फेज नेपालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्न गत अक्टोबर महिनाबाट फक्ताङलुङ गाउँपालिकामा फक्ताङलुङ शिक्षा सुधार योजना सुरु गरेको छ । सोहि परियोजनाको अधिनमा बेसलाईन सर्बेपछिको यो पहिलो औपचारिक कार्यक्रम भएको फेज नेपालका परियोजना प्रवन्धक जीतेन चेम्जोङ‘जीवन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनेछ । परियोजनामार्फत अंग्रेजी,गणित र विज्ञान विषयमा सिकाई उपलब्धि बढाउन विद्यालयमा उत्प्रेरकको रुपमा शिक्षक नै सहयोग गर्ने योजना समेत रहेको चेम्जोङले जानकारी दिनुभयो । हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलियाको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँ कार्यपालिकाको समन्वयमा सुरु भएको तालिम तीनदिनसम्म चल्ने छ । पालिकाको तल्लो क्षेत्रका लागि यो पहिलो तालिम भएको र मंसिर २७ गते देखि पालिकाको माथिल्लो क्षेत्रका शिक्षकहरुका लागि पालिकाको केन्द्र तापेथोकमा तालिम आयोजना गरिने समेत चेम्जोङले जानकारी दिनुभयो । तालिमको उमुद्घाटन समारोहमा कार्यपालिका सदस्य मिङ्गाडण्डु शेर्पा, सिँवा माविका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू प्रधानाध्यापक ओमनाथ गौतम, रिड नेपाल ताप्लेजुङका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्त सहितको उपस्थिति रहेको थियो ।उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्