२०८२ मंसिर १४ गते - ताप्लेजुङमा किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भोको जिल्ला छैटौं अधिबेशन सम्पन्न भएको छ । किरात साम्यो नालिफुङ्वा जिल्लाकार्य समिती ताप्लेजुङको आयोेजना र डम्मर पालुङवा,नविन फुरुम्बो,विेरेन तवेबुङको संयोजकतामा छैटौं जिल्ला अधिबेशन सम्पन्न भएको हो । नालिफुङ्वा थुम पान्जुम्भोको कार्य समितीमा अध्यक्ष विमल खिम्दिङ,उपध्यक्ष कमला पालुङवा,राम फुरुम्बो,भिम तवेबुङ,सचिव आदिप तवेबुङ, स सचिव योगेश ताप्मादेन,लालीमा कंलिवा,कोष अध्यक्ष उदय लिवाङ,कार्य समितीमा सर्वसहमतले चयन भएका छन् । त्यसै गरी २३ सदस्य सहित गठन भएको निर्वतमान अध्यक्ष ताप्लेजुङ किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भोका सरोज कंलिवाले बताएका छन् ।











