समय : ०५:२१ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङको फुङ्लिङ बजारमा याक्थुङ युवा मञ्च जिल्ला कार्य समितीद्धारा शुक्रबार सरसफाई,

सेवालुङ खवर | मंसिर १४ गते २०८२

ताप्लेजुङ,/ ताप्लेजुङको फुङ्लिङ बजारमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितीद्धारा शुक्रबार सरसफाई गरिएको छ । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितीको आयोजनामा याक्थुङ लिम्बु समुदायहरुको महान चाड चासोक तङ्नामको अवसरमा सरसफाई गरिएको हो । ताप्लेजुङ बजार फुङ्लिङ नगरपालिका वडा नं ४ र ७ मा रहेको मुधिङ कोक्मा,पार्क सिरिजङगा सालिक जाने बाटो,परिसर,सिलाम साक्माको प्रतिक र ताक्वाजङ् याराक्मा देन सरसफाई गरिएको याक्थुङ युवा मन्च ताप्लेजुङ जिल्ला अध्यक्ष बीरेन तबेबुङले बताउनु भयो । फुङ्लिङ नगरपालिकाको पर्यटकीय क्षेत्र पनि भएको हुँदा सरसफाई गरिएको अध्यक्ष तबेबुङको भनाइ रहेको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष डम्बर पालुङ्वा सहित पदाधिकारी र याक्थुङ युवा मञ्चको पदाधिकारीहरू सरसफाइमा सहगागि भएका थिए । याक्थुङ समुदायले आगामी मंसीर १८ गते भब्य चासोक तङ्नाम मनाउने तयारी भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा सचिव सरोज कंलिवाले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्