समय : ०५:४३ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङको आँखा स्वास्थ्य शिविरमा १ हजार ६ सय बढीको परीक्षण तथा उपचार सेवा,

सेवालुङ खवर | मंसिर ३ गते २०८२

ताप्लेजुङ, मंसिर २ । ताप्लेजुङमा शनिबारदेखि जारी शल्यकृया सहितको आँखा स्वास्थ्य शिविरमा २ सय ९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । १ हजार ६ सय बढीले परीक्षण तथा उपचार सेवापाएका छन् । ति मध्ये २ सय ५ जना मोतिया बिन्दुका र ४ जनाको साधारण शल्यकृयाका बिरामी रहेका छन् । आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उप सभापति तथा शिविर प्रचार प्रसार समिति संयोजकखगेन्द्र अधिकारीका अनुसार डाक्टर सन्दुक रुइतले ७९ तथा सन्दुकका छोरा डाक्टर सागर रुइतले १ सय ३० जनाको आँखाको शल्यकृया गर्नु भएको छ । सन्दुक र सागर बाबुछोराले एकैदिनमा १ सय७ जनाको आँखाको शल्यकृया गर्नु भएको थियो ।डाक्टर सन्दुक बिशेष कामले शिविर सकिने दिन मंगलवारनै काठमाडौंतर्फ प्रस्थान गर्नु भएको छ । मंगलवार डाक्टर सन्दुकका छोरा सागरले शल्यकृया सेवाको नेतृत्व गर्नु भएको थियो । शिविर अवधिमा १ हजार ६ सय ३३ जनाले आँखा परीक्षण तथा उपचारका लागि नाम दर्ता गराएको नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।कातिक २९ देखि सुरु भएको परीक्षण तथा उपचार शिविर मंगलवार आज सकिएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य आयोजना तथा तिलगंगा आँखा अस्पताल, रुईट फाउण्डेसन, सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । उज्यालो पोष्ट

फोटो तस्विर बसन्त लाबुङ लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्