समय : ०५:२० pm | शुक्रबार , वैशाख ४ गते २०८३

हुलाकलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ:सञ्चारमन्त्री खरेल,

सेवालुङ खवर | असाेज २३ गते २०८२

काठमाडौँ, असोज २३ गते । सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ । एक सय ५१ औं विश्व हुलाक दिवस, २०२५ को अवसरमा ‘नागरिकका लागि हुलाक ः स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने मूल नाराका साथ हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको ‘हुलाक टिकटमा टाँचा प्रदान तथा बृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “विश्वव्यापीरुपमा हुलाकको कुरा गरिराख्दा मलाई के लाग्छ भने हुलाकलाई आधुनिक बनाउने, प्रतिस्पर्धी बनाउनुपर्छ र हुलाकलाई व्यावसायिक बनाउनु पर्छ । यो जुन अभियान हामीले अगाडि बढाउँदैछौं, विश्वव्यापीरुपमा यसको पहुँच बढाउन सक्छौं ।”हुलाकले ऐतिहासिक एवम् गर्विलो इतिहास बोकेको भन्नुहुँदै उहाँले नागरिकको तहसम्म हुलाक सेवा पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा डा. हर्ष बहादुर बुढा मगर, महोत्तरीको लक्ष्मीनारायण मठ मटिहनी मन्दिर, मुस्ताङको सिजा झोङ गुफा, आइसीसी पुरुष विश्वकप र आइसीसी महिला अन्डर–१९ विश्वकपमा सहभागी खेलाडी अङ्कित टिकट सार्वजनिक गरिएको छ । उहाँले भन्नुभयो, “ऐतिहासिक र गर्विलो इतिहास बोकेको यो दिवस मनाइरहँदा र चारवटा हुलाक टिकट सार्वजनिक गरिरहँदा, नयाँ टाँचा लगाइरहँदा, नागरिकका लागि हुलाक भन्ने बित्तिकै धेरै कुरा समेटिन्छन् । हामी स्थानीय तहसम्म र समुदायसम्म, जनता, परिवार र व्यक्तिको तहसम्म पनि हुलाकको सेवा पु¥याउनुपर्छ ।”मन्त्री खरेलले हुलाकको आवश्यकता र सार्थकता अझै रहेको भन्नुहुँदै बद्लिदो समय अनुसार स्मार्ट हुलाकको परिकल्पना साकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा हामीले गरिरहेका छौं, त्यसलाई साकार बनाउन सक्छौं । त्यसैले, हुलाकको आवश्यकता, हुलाकको सार्थकता मरेको छैन, बिलाएको पनि छैन । समयअनुकूल नै बनाउँदै लानुपर्छ भन्ने कुरामा यहाँहरुले जुन रुपमा काम गरिरहनुभएको छ, नेपाल सरकार, सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय हुलाक विभाग र सम्बद्ध जति पनि सरोकारवालाहरु हुनुहुन्छ, यहाँहरुको साथमा सरकार रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।”नीतिगत तथा संरचनागत सुधार एवम् यसका कार्यान्वयनको पाटोमा पनि सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको उहाँको भनाइ छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक इतिहास रहेकोले नेपालमा हुलाक सेवालाई विकास गर्दै लानुपर्ने बताउनुभयो । आर्टिफिसियल इन्टिलिजेन्स् (एआई) को बढ्दो प्रयोगले हुलाक सेवामा विभिन्न अवसर खुला गरेको उहाँको भनाइ छ । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले वर्तमान अवस्था जटिल रहे पनि नेपालीहरु खुसी भइ अघि बढेको धारणा राख्नुभयो । उहाँले हुलाकलाई स्मार्ट बनाएर नागरिकको दैलोसम्म पु¥याउनुपर्ने भनाइ राख्नुभयो । हुलाक टिकटमा समावेश सम्पदा, धरोहर र व्यक्तले धेरै प्रेरणा मिल्ने उहाँको भनाइ छ । समाचार स्रोत गोरखापत्र अनलाइन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्