समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

कञ्चन्जङ्घा आधारशिविर क्षेत्र यात्रामा हिँडेका पर्याटकहरूलाई ताप्लेजुङमा रोकिए,

सेवालुङ खवर | असाेज १९ गते २०८२

ताप्लेजुङ / ताप्लेजुङमा मौसम खरावीका कारण विशवको तेस्रो अग्लो कञ्चन्जङ्घा आधार शिविर क्षेत्रमा भ्रमणका लागी यात्रामा हिँडेका पर्याटक हरूलाई ताप्लेजुङमा रोकिएको छ । कञ्चन्जङ्घा आधार शिविर क्षेत्रमा भ्रमणका लागी यात्रामा हिँडेका पर्याटक ७ भारतिय नागरीक सहित ८ जनालाई जल तथा मौसम विभाग पूर्वाअनुमानका अनुसार अशोज १९ र २० गते सम्म देशका विभीन्न भागमा भारी लगातार भिषण वर्षा हुने चेतावनी सूचना भएपश्चात भ्रमणका लागी यात्रामा हिँडेका पर्याटक हरूलाई ताप्लेजुङमा रोकिएको हो । यात्रामा हिँडेका उक्त पर्याटक हरुलाई ताप्लेजुङ फुङलिङ नगर पालिका २ होटल ईकोभ्यू पईन्टमा राखिएको जिल्ला प्रशान कार्यालय ताप्लेजुङले जनाएको छ । पर्याटकहरू स्वाथ्य अवस्था सामान्य रहेको र सम्पूर्ण सुरक्षा व्यस्था मिलाएर राखेको प्रशानले जनाएको छ । चेक जाँचको क्रममा कञ्चन्जङ्घा गुल्मको चेक पईन्टमा यात्रामा हिँडेका उक्त पर्याटक हरूलाइ फेला पारेपछी मौषम सुधार नभएसम्म यात्रा गर्न रोक लगाईएको र सुरक्षित रहन आग्रह गराएको प्रशानले बताएको छ । उहाँहरु भरतको कलकत्ता बाट कञ्चन्जङ्घा वेस क्याम्प भ्रमणका लागी नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भ्रमणका लागी यात्रामा हिँडेका पर्याटक हरूको विवरण भने भरतका अशोक परियार,सुवित वेनेजि,समु मण्डल,शुमन विश्वास,परादिन मण्डल,साटी वेनजी,अजय कमार हवलदार,र ईलाम सन्तपुरका फुतन्जी शेर्पा नेपाली गाईड सहित ८ जनालाई ताप्लेजुङ फुङलिङमा रोकिएको जिल्ला प्रशान कार्यालय ताप्लेजुङले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्