समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

हिमपात र पहिरोको जोखिम:पर्यटकलाई पदयात्रामा ननिस्कन प्रशासनको आग्रह,

सेवालुङ खवर | असाेज १८ गते २०८२

कास्की/ जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारसम्म पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण भएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई नजान आग्रह गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सचेत गराइएको बताए। प्रशासनले सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा– बाग्लुङ्ग), वेगनास ताल – भोर्लेटार सडक खण्ड, मुग्लिन – पोखरा सडक खण्ड र अन्य जोखिमयुक्त सडक खण्डहरुमा तुरुन्त परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडर लगायतका हेभी इक्युपमेन्टहरु सम्बन्धित कार्यालय÷ डिभिजन ÷ आयोजना र निजी क्षेत्रले समेत तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।दसैँको बिदाका कारणले विगतका वर्षहरूमा यहाँका पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित पदयात्रामा नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ । दसैँ र तिहारको बिदामा पदमार्गहरूका होटल तथा रेष्टुराँ पर्यटकहरूले भरिभराउ हुने गरेका थिए ।यसैगरी प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकलाई सचेत गराउन प्रशासनले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले आपतकालीन अवस्थामा उपयोग गर्नको लागि आवश्यक पर्ने सामग्री, औषधी, महत्वपूर्ण कागजात तथा धनमाल सहितको झटपट झोला तयार गरी राख्न समेत प्रशासनले सुझाव दिएको छ। समाचार स्रोत:अन्नपूर्ण,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्