समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको सुकेटार विमान स्थलमा करिव दुई महिनापछि उडान सुरु,

सेवालुङ खवर | असाेज १० गते २०८२

ताप्लेजुङ, असोज १० । ताप्लेजुङको सुकेटार विमान स्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण अवरुद्ध हुँदै आएको उडान करिव दुई महिनापछि सुरु भएको हो । मौसममा सुधार आएसँगै सुकेटार विमान स्थलमा शुक्रबार उडान भएको हो । ताप्लेजुङ स्थित नेपालवायु सेवा निगमको स्टेसन कार्यालय इन्चार्ज नारायण कुमार कार्कीका अनुसार काठमाडौंबाट १४जना यात्रु लिएर जहाज आएको हो । यस्तै ताप्लेजुङ देखि भने नौ जना यात्रु बोकेर जहाज काठमाडौं फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले साताको शुक्रबार एकदिन काठमाडौं– ताप्लेजुङ–काठमाडौं उडान भर्ने गरेको छ । बर्खायामको समयमा मौसम प्रतिकूल भइदिँदा गत साउन पहिलो सातादेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको थियो । यसबिचमा काठमाडौं बाट ताप्लेजुङका लागि उडेको जहाज तीन÷चार पटकसम्म मौसमका कारण सुकेटारमा अवतरण हुन फर्किएको पनि निगमले जनाएको छ ।अब भने मौसममा समस्या नआए तालिका अनुसार नै उडान नियमित हुने स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । यता चाडपर्वको समय र पर्यटकीय मौसममा उडान सुरु भएकाले यात्रु तथा पर्यटन व्यवसायी हर्षित भएका छन् । – उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्