नवनियुक्त चार मन्त्रीहरूले लिए सपथ
काठमाडौं / नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम सिफारिस गरे पनि अन्तिम समयको उनको सपथ रोकिएको थियो।सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। जेनजी समूहको प्रस्तावमा राष्ट्रपति पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने बताउँदै आएकी छन्। annapurnapost.com,









