समय : ०६:३१ pm | आइतबार , भाद्र २८ गते २०८३

किराँत याक्थुङ चुम्लुङ अन्तर्गत याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन,

सेवालुङ खवर | भाद्र १८ गते २०८२

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङ अन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा (देउमान) अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।याक्थुङ सांस्कृतिक कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङ्गाम चयन हुनुभएको छ ।किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।जिल्ला अधिवेशनबाट कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो । कङ्लिवाका अनुसार किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष डम्बरबहादुर पालुङ्वासहितका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।कियाचुको ३७ औं स्थापना दिवसको अवसरमा याक्थुङ सांस्कृतिक कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । यता अधिवेशनको उद्घाटनमा लिम्बू संस्कृतिमा आधारित नृत्य धान नाच (याःलाङ)समेत प्रस्तुत गरिएको थियो ।यसैबिच स्थापना दिवसका अवसरमा कियाचुले मङ्गलबार पाँच जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई सम्मानसमेत गरेको छ । कियाचु जिल्ला सचिव कङ्लिवाका अनुसार खेममाया सिङ्घक आङ्बुहाङ तथा देवीबहादुर आङ्बुहाङ छात्रावृत्ति कोषबाट आयुसा लक्सम्बालाई सम्मान गरिएको छ । सम्मानित छात्रा लक्सम्बालाई १० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।यस्तै, किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रावृत्ति कोषबाट सन्जिव विक र अमिरा लिम्बूलाई सम्मान गरिएको छ । विक र लिम्बूलाई जनही १० हजार रुपियाँ राशि र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । यसैगरी, किराँत याक्थुङ सहयोग कोषबाट सुप्रिया मादेन र सेसेहाङ लिम्बू सम्मानित हुनुभएको छ । सम्मानित मादेन र लिम्बूलाई जनही पाँच हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको कियाचुले जनाएको छ । सम्मानित छात्र छात्रा कक्षा ९ र १० मा अध्ययरन रहेका छन् । चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्