ताप्लेजुङ/ आफूहरूको मुन्धुमी, धार्मिक तथा मानव समुदायको सभ्यताको केन्द्रलाई ध्वस्त पार्न खोजेको अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समिति दाबी अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले आफूहरूको मुन्धुमी, धार्मिक सांस्कृतिक, प्राकृतिक तथा मानव समुदायको सभ्यताको केन्द्रलाई ध्वस्त पार्न खोजेको बताएको छन ।
शुक्रबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघर्ष समितिल यस्तो बताएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा भएको छलफलले आफूहरुको माग प्रति ठोस निष्कर्ष नदिएकाले कम्पनीको काम सबै रोकिएको अवस्थालाई निरन्तर दिई उच्च स्तरिय बार्ता तथा छलफलको अपेक्षा सहित त्यसको लागि संघर्ष समिति तयार रहेको संयोजक बिरबल लिङखिमले बताउनुभएको छ ।
यस्तै असार २३ र २७ गतेको छलफल सौहाद्र्रपूर्ण भएपनि आदिबासी तथा स्थानीय समुदायको अधिकारमाथि बेवास्ता गरी कुन्ठित गर्ने काम गरेको र हाइड्रोपावर कम्पनीको पुर्ण रोकेको काम आन्दोलनको, गाउँबासीको उदेश्य, लक्ष्य, मर्म, भावना अनुरुप यथावत राख्न सबै निकायमा अनुरोध गरेको समेत संयोजक लिङखिमले बताउनुभएको छ ।
अन्यथा काम अगाडि बढाए चरणवद्ध सशक्त रुपमा आन्दोलनमा उत्रिने समेत संघर्ष समितिले चेतावानी दिएको छ । साथै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वंम सरकार र कम्पनीले लिनुपर्ने संघर्ष समितिले बताएको छ ।साभार: सुनिता रसाईली रेडियो तमोर,








