ताप्लेजुङ /अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा पुनः स्मरणपत्र बुझाएका छन् । ताप्लेजुङ जिलल्लाको फक्ताङ्लुङ गाउँ पालिका याक्थुङ र लिम्बु समुदायहरुका मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक क्षेत्र अपर तमोर हाइड्रोपावरले स्थाननियलाई प्रभावित पारेको भन्दै संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा पुनः स्मरणपत्र बुझाएको हो । लिम्बु समुदायहरुका मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक र यस क्षेत्र लाई उक्त समुदायले आफ्नो सभ्यता केन्द्र, उद्गम स्थल थलोको रुपमा लिइ मान्दै आएका छन् । मुन्धुम अनुसार मानव सभ्यता र संस्कृति फक्ताङ्लुङ गाउँ पालिकामा ७ वटै वडाहरु रहेका छन् । जहाँ मुन्धुम छ, त्यहाँ मानव सभ्यता र संस्कृति रहेको हुन्छ त्यसैले कुनै क्षेत्रमा बिकासको नाममा याक्थुङ र लिम्बू लगायतका अन्य स्थानीय समुदामा कुनै किसिमको जानकारी र मन्जुरी बिनै सरकार र शक्तिको बलमा कम्पनीहरु मनोमानी अगाडी बढ्ने काम निन्दनीय रहेको भन्दैं संघर्ष समितिले आपत्ती जनाएको हो । गाउँ समुदायमा कुनै जानकारी सहित स्वतन्त्रता मन्जुरी नभई यस परियोजनाको तत्काल रोक लगाउन माग समेत स्मरण पत्र मार्फत उल्लेख गराएका छन् । जबर्जस्ति बल मिच्याइ काम कार्यहरु अघि बढाएमा त्यस बाट उत्पन्न परिस्थितिको जिम्मा स्वयं आफैं हाइड्रोपावर कम्पनी र सरकारले लिनुपर्ने भन्दै स्मरण पत्र मार्फत उल्लेख गराएको अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले जनाएको छ ।











