समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

पाँचथरमा लिम्बू भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न,

सेवालुङ खवर | असार ९ गते २०८२

२०८२, पाँचथर/ असार ७ लिम्बू भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा शनिबार सम्पन्न भएको हो।लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परीक्षा नियन्त्रक एवम् सत्यहाङमा मावि इम्बुङ पाँचथरका प्रधानाध्यापक अमिता सुब्बाका अनुसार शुक्रबार कक्षा १२ र शनिबार कक्षा ११ को परीक्षा सम्पन्न भएको हो। कक्षा–१२ मा १)) जना र कक्षा–११ मा १)६ जना गरी २)६ परीक्षार्थीले परीक्षा लेखेका परीक्षा नियन्त्रक सुब्बाले बताए। बोर्ड अन्तर्गतका पाँचथर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ र धनकुटा जिल्लाका आठ केन्द्रमा शुक्रबार र शनिबार परीक्षा सम्पन्न भएको हो। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गापा–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक गापा–१ यासोकस्थित पृथ्वी मावि, फिदिम न.पा–१० याङनाम स्थित खलङगाटार मावि, इलामको माङसेबुङ गापा–५ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको हो। त्यस्तै फक्ताङलुङ गापा–३ ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा–५ थुकीमास्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा–१ पाटीगाउँस्थित सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा–४ स्थित श्रीजुङ मावि र धनकुटाको छथरजोरपाटी गापा–३ ताङखुवास्थित सरस्वती मावि परीक्षा केन्द्रमा पनि परीक्षा सम्पन्न भएको हो ।साभार : सुमात्लुङ टईम्स,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्