समय : ०५:२० pm | शुक्रबार , वैशाख ४ गते २०८३

(नास्ट)द्धरा ताप्लेजुङमा सञ्चालित विज्ञान लेखन तिनदिने पत्रकारिता तालिम सम्पन्न,

सेवालुङ खवर | जेठ २५ गते २०८२

ताप्लेजुङ, जेठ २३ । ताप्लेजुङमा सञ्चालित विज्ञान लेखन पत्रकारिता तालिमबाट करिव अढाइ दर्जन पत्रकार लाभान्वित भएका छन् । सदरमुकाम फुङ्लिङमा सञ्चालित तीन दिने विज्ञान लेखन पत्रकारिता तालिमबाट उक्त सङ्ख्यामा स्थानीय पत्रकार तथा सञ्चारकर्मी लाभान्वित भएका हुन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सञ्चालित तीन दिने तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा रेडियो, छापा, अनलाइन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत २६जना स्थानीय पत्रकार तथा सञ्चारकर्मी सहभागी भएका थिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा। भोजराज पन्तका अनुसार विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको आवश्यक पर्ने भएकाले तालिम आयोजना गरिएको हो ।तालिमको सहजीकरण विज्ञान विषय विज्ञ दीपक अधिकारी र गोविन्द पोखरेल लगायतले गर्नुभएको छ । यता तालिमको समापनपछि सहभागी पत्रकारलाई नास्टका मुख्य वैज्ञानिक अधिकृत डा।पन्तलगायतले प्रमाणपत्र वितरण गर्नुभयो । तालिमको समन्वय नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले गरेको थियो ।-उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्