समय : ०५:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ्गमा किराँत याक्थुङ चुम्लुङ को १० औँ जिल्ला अधिवेशन सम्पन्न,

सेवालुङ खवर | जेठ २२ गते २०८२

फुङ्लिङ / ताप्लेजुङ्ग जिल्लामा आज किराँत याक्थुङ चुम्लुङ को १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज किराँत याक्थुङ चुम्लुङ को १० औँ जिल्ला अधिवेशनले अध्यक्षमा डम्बरबहादुर पालुङवालाई चयन गरेको हो। ताप्लेजङ्गमा लिम्बू जातिहरूको साझा संस्था चुम्लुङको २०८२ जेठ २१ बुधबार सम्पन्न भएको भएको थियो ।डम्बर पालुङवाको अध्यक्षतामा उपाध्यक्ष रिता मादेन र केदारजंग ताप्मादेन, सचिव सरोज कङलिबा, सह–सचिव कमला पालुङवा र कैलाश पालुङवा, कोषाध्यक्ष संगिता मादेन सहित २१ सदस्यीय जिल्ला समितिमा निर्विरोध चयन गरिएको सरोज कङलिवाले बताउनुभयो । त्यसैगरी सदस्यतर्फ सन्तोष सावदेन, समिर माबो, सिर्जना सबेहाङ, उदय लिबाङ, प्रदिप सबेहाङ, आकास ताप्मादेन, डिल्ली थेवे, कुमार खिम्दिङ, पुर्ण पालुङवा सर्न फुरुम्वो, श्री लिङखिम र देउमान प्रताप लिम्बू चयन भएका छन्। उक्त १० अधिवेशन संघिय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यता रहेको थियो । आउने तीन वर्ष कार्यकालका लागि चयन भएको समितिहरुले चुम्लुङको आफ्नै भवन निर्माणका लागि पहिलो प्राथमिकता दिने छन् र चुम्लुङको भवन निर्माणका लागि प्रबन्ध, प्रक्रिया अघि बढी सकेको मात्र केही बाँकी रहेकाले चाँडैनै निर्माण कार्य अघिसार्ने काम कार्य योजनाहरू रहेको कङलिवाले जानकारी दिनुभयो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्