ताप्लेजुङ, जेठ २१ / ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा तीन दिने तालिमबुधबारदेखि सुरु भएको हो ।विज्ञान लेखन पत्रकारिता तालिमको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलेउद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मादेनले तालिम प्रभावकारीहुनेमा विश्वास व्यक्त गर्नुभयो । नास्टले गर्ने वैज्ञानिक गतिविधिबारे न्युन जानकारी हुने गरेकोबताउनुहुँदै नगरप्रमुख मादेनले व्यापकता र चर्चामा आउनेगरी क्रियाकलाप गर्न पनि उहाँलेनास्टलाई सुझाव दिनुभयो ।यता तालिममा जिल्लामा क्रियाशील अग्रजसहित करिव २५ जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीसहभागी भएका छन् । तालिममा विज्ञान विषय विज्ञ दीपक अधिकारी, गोविन्द पोखरेल लगायतलेप्रशिक्षण दिँदै हुनुहुन्छ ।विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको अति आवश्यक भएकाले तालिमआयोजना गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा.भोजराज पन्तले बताउनुभयो । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक, सौर्य, जैविक रवायु ऊर्जा, अन्तरिक्ष लगायतमा अनुसन्धान गर्ने भएकाले विज्ञान पत्रकारिताको आवश्यक भएको डा.पन्तको भनाइ छ ।तालिम उद्घाटन कार्यक्रममा फुङ्लिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारीनेत्रप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, जिल्ला अध्यक्ष सुवासआचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम,सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनलगायतको उपस्थिति रहेको थियो । साभारः उज्यालो पोष्ट डटकम
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु,





