ताप्लेजुङ,/ जेठ १३ । लघु उद्यमशिलता र केहि बिद्यालयमा सिकाई सुधार कार्यक्रमलाई निरन्तरता दिदैं विगत ८ बर्षदेखि ताप्लेजुङमा कार्यरत ह्युमन प्राक्टिस फाउण्डेसन कोशीका अन्य तीन पहाडी जिल्लामा केन्द्रित हुने भएको छ । एचपिएफले मंगलवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा बिद्यालय स्तरीय सामाजिक लेखा परीक्षण कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममार्फत उक्त कुरा बताएको हो । एच पि एफ का जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठका अनुसार लघु उद्यमशिलता कार्यक्रमले भने निरन्तरता पाउने छ । यि बाहेक एचपिएफका अन्य कार्यक्रम भने अब पाँचथर, तेह्रथुम र धनकुटामा केन्द्रित हुने छ । पाँचथर, तेह्रथुम र धनकुटाका जिल्लाका बिभिन्न पालिकामा र धनकुटाको शहीदभूमि नगरपालिकामा कार्यक्रम केन्द्रित हुने एचपिएफले बताएको छ । एचपिएफले कोशी प्रदेशका ताप्लेजुङ सहित ४ जिल्लाका २४ स्थानीय तहका १ सय १( वटा वडामा कार्यक्रम केन्द्रित गर्ने छ । त्यसमा तीन क्याम्पस सहित १ सय ३( वटा शिक्षण संस्था समेटिने श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम अवधिमा ताप्लेजुङमा एचपिएफले ४ वटा शिक्षण संस्थाको भवन प्रवलीकरण सहित ६५ वटा बिद्यालयको भवन निर्माण गरेको जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकास्थित परम सिंहदेवी मावि निघुरादिनको भवन निर्माणाधिन अवस्थामा रहेको एचपिएफका जिल्ला कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । ताप्लेजुङमा पालिकातर्फ फुङलिङमा नगरपालिकामा आईटी एकेडेमी सहित १२ वटा,पाथीभरा याङवरकमा ८ वटा, मेरिङदेनमा ६ वटा, सिरिजङ्गामा ( वटा, मैवाखोलामा ५ वटा,आठराई त्रिबेणीमा एक निमार्णाधिन सहित ८ वटा, फक्ताङलुङमा ७ वटा, मिक्वाखोलामा ५ वटा र सिदिङ्वामा ६ वटा शिक्षण संस्थाका भवन निर्माण भएका छन् । एचपिएफमार्फत ताप्लेजुङमा एक निर्माणधिन सहित ६६ वटा बिद्यालय भवन निर्माण, ५८ वटा बिद्यालयमा बिद्यालय शिक्षा कार्यक्रम, एक निमार्णाधिन सहित ५२ वटा शौचालय भवन निर्माण र ( वटा खानेपानी योजना पूरा भएका छन् । खानेपानीतर्फ मुहान संरक्षण गर्ने, सार्वजनिक धारा निर्माण गर्ने र बिद्यालयसम्मै धारा जडान गरी पानीको प्रवन्ध गर्ने कार्य समेत एच पि एफ मार्फत भएका छन् । उसले बिद्यालयमा सूचना प्रविधिकक्ष,विज्ञान प्रयोगशाला, खेल मैदान, सिकाई सुधार, उद्यम विकास कार्यक्रम सहितका बह ुपरियोजनाका कार्यक्रम सञ्चालन गर्नेगर्छ । ताप्लेजुङका ४६ वटा बिद्यालयमा जीवन उपयोगी सीप सिकाई कार्यक्रम समेतको सहजीकरण तथा व्यवस्थापन गरी अब उक्त कार्यको दायित्व सम्वन्धित बिद्यालयलाई सुम्पिएको एचपिएफले जनाएको छ । सिकाई सुधार कार्यक्रमको अवधि पूरा नभएका मयाम मावि फुरुम्बु,बालसुवोधिन मावि मेदिवुङ, सूर्यदेवी मावि सान्थाक्रा,सिनाम मावि सिनाम र परमसिंह देवी निघुरादिनमा सिकाई सुधार कार्यक्रमलाई सञ्चालन गरिने छ । यसअघि सिकाई सुधार कार्यक्रम सञ्चालन भइसकेका ताप्लेजुङका ५८ बिद्यालयमा समेत केहि समय सिकाई सुधार कार्यक्रममा संस्थाकोतर्फबाट सहजीकरण कायम रहने समेत श्रेष्ठले जानकारी दिनुभयो । एचपिएफले सिकाई सुधारको तीनबर्षे कार्यक्रम पूरा भएका ३३ वटा बिद्यालयमा लघु सहजीकरण गर्नेछ भने बाँकी २५ वटा बिद्यालयमा सिकाई सुधारका कार्यक्रमलाई महिनाभित्र पूरा गर्ने लक्ष्य लिएको छ । तीनबर्षे कार्यक्रम पूरा हुन बाँकी रहेका ५ वटा बिद्यालयमा भने सिकाई सुधारको कार्यक्रमकार्यान्वयनमा रहने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसबाहेक आर्थिक सशक्तीकरण अन्तरगत लघु उद्यम विकास भने कार्यान्वयनमा निरन्तरता पाउने छ । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले यहाँका ४ स्थानीय तहका ४ बिद्यालयमा पुगेर गरिएकोबिद्यालय स्तरीय सामाजिक परीक्षण कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।आचार्यका अनुसार पत्रकार महासंघको समन्वयमा एचपिएफको कार्यक्षेत्र रहेका पाथीभरा याङवरकको चाक्सिबोटे मावि, फक्ताङलुङ गाउँपालिकाको आर्दश मावि खेजेनिम,मैवाखोला गाउँपालिकाको जनकल्याण मावि र फुङलिङ नगरपालिकाको भानुजन माविको सामाजिक परीक्षणगरिएको थियो । सामाजिक परीक्षणका क्रममा अधिकाँस बिद्यालयका अभिभावकहरुले एचपिएफकोकार्यक्रम निकै प्रभावकारी रहेकोले कार्यक्रम निरन्तरताको माग गरेको आचार्यले बताउनुभयो ।कार्यक्रममा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुखछिरिङ लामा, फुङलिङ नगरप्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिका अध्यक्षयुकहाङवीर(डम्बर)हाङगाम, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसहितको उपस्थिति थियो । साभार: खगेन्द्र अधिकारी उज्यालो पोष्ट दैनिक,
ह्युमन प्राक्टिस फाउण्डेसन कोशीका अन्य तीन पहाडी जिल्लामा केन्द्रित हुने,








