ताप्लेजुङ,/ जेठ ९ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा कबड्डी खेल सम्वन्धी तीनदिने आधारभूत तालिम शुक्रवारबाट सुरु भएको छ ।तालिमको सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उद्घाटन गर्नु भएको छ। सिरिजङ्गा गाउँपालिकाको आर्थिक सहयोग तथा संयोजनमा जिल्ला कबड्डी संघको प्राविधिकसहयोग लिएर जिल्ला खेलकुद विकास समितिले तालिमको आयोजना गरेको हो । जिल्ला खेलकुदविकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश) का अनुसार तालिममा सिरिजङ्गागाउँपालिकाका ९ माध्यमिक बिद्यालयका एक शिक्षक र एक शिक्षिका गरी १८ जना सहभागी छन् ।तालिमको उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बूको अध्यक्षतामाभएको थियो । तालिममा सहभागी शिक्षकहरुले तालिमबाट प्राप्त सीपलाई बिद्यालय तहमा समेतअतिरिक्त क्रियाकलापको रुपमा उपयोग गर्न सक्ने अपेक्षा आयोजकको रहेको छ । खेलकुदप्रवद्र्धनका लागि सिरिजङ्गा गाउँपालिकाले भलिबल प्रशिक्षकलाई समेत सेवा करार गरी पालिकाक्षेत्रमा प्रशिक्षण गराईरहेको छ । उज्यालो पोष्ट,
सिरिजङ्गा गाउँपालिकामा कबड्डी खेल सम्वन्धी तीनदिने आधारभूत तालिम,








