समय : ०५:१९ pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला गाउँपालिकामा कुकुरहरुका लागि रेविज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न,

सेवालुङ खवर | जेठ ६ गते २०८२

ताप्लेजुङ, / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सामुदायिक तथा घरपालुवा कुकुरहरुका लागि रेविज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।मेवा डेभलपर्स लिमिटेडको साझेदारीमा उक्त शिविरसम्पन्न भएको हो । मेवा डेभलपर्स लिमिटेडका वातावरणीय तथा सामाजिक सुरक्षण व्यवस्थापक कुमार अर्यालका अनुसार शिविरमा ३४ पोथी तथा २६ भाले गरी ६) वटा घर पालुवा तथा सामुदायिक कुकुरलाई रेविज खोप प्रदान गर्नुका साथै बन्ध्याकरण सेवा समेत प्रदान गरिएको छ । शिविरदुईदिन सञ्चालन भएको थियो । शिविर अघि मिक्वाखोला गाउँपालिकाको पशु स्वास्थ्य शाखाप्रमुख भवानीप्रसाद उप्रेतीले जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दालाई घरपालुवा तथा सामुदायिक कुकुरहरुलाई लगाईने रेविज खोप तथा गरिने बन्ध्याकरण सेवा बारे जानकारी गराउनु भएको थियो । उप्रेतीका अनुसार सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण, रेविज लगायत अन्य रोगहरूको रोकथाम तथा समुदायको स्वास्थ्य एवं सुरक्षाको प्रवद्र्धनका लागि उक्त शिविर आयोजना गरिएकोहो ।समुदायलाई सहयोग पुग्ने हिसावले आफुहरुले शिविरका लागि साझेदारी गरेको मेवा डेभलपर्स लिमिटेडका वातावरणीय तथा सामाजिक सुरक्षण व्यवस्थापक अर्यालले जानकारी दिनुभयो । जलविद्युत आयोजनाका महाप्रवन्धक गणेश न्यौपानेले सामुदायिक सहयोग कार्यक्रम फलदायी रहेको बताउँदै यस्ता कार्यक्रमले आयोजना प्रभावित क्षेत्रका जनतालाई जनचेतना जागरुप गराउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनु भयो । यस्ता अभियानले जन स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्न जाने र पालिका सँगको सहकार्यमा जनस्वास्थ्य प्रवद्र्धन गर्ने सहितका जनमुखी कार्यक्रम लाई निरन्तरता दिने न्यौपानेले बताउनुभयो । समापन समारोहका प्रमुख अतिथि रहनु भएका मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले शिविर फलदायी रहेको र आगामीदिनमा समेत जनताको हित अनुरुपका कार्यक्रम अघि बढाउन पालिकाले मेवा डेभलपर्स लिमिटेड सहितका निकाय हरुसंग सहकार्य गर्ने बताउनुभयो । समापन समारोहका अध्यक्ष तथा मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले समुदायको हितका लागि आयोजित उक्त शिविरले समुदायको स्वास्थ्य र सचेतनामा ठूलो टेवापुग्ने विश्वास लिनुभयो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका पशु स्वास्थ्य चिकित्सक प्राविधिकहरुको टोलीले रेविज खोप तथा बन्ध्याकरण शिविरका साथै समुदाय सचेती करण अभियानको सहजीकरण गरेको थियो । उज्यालो पोष्ट दैनिक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्