समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

पाँचथरमा से:हो? नाम्लाङ,साँस्कृतिक पर्यटन महोत्सव २०८१,सुरु

सेवालुङ खवर | चैत्र २८ गते २०८१

पाँचथर/सेहो?नाम्लाङ (पान्थर) दक्षिणी पान्थरमा अवस्थित फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा साँस्कृतिक पर्यटन महोत्सव २०८१‘ सुरु भएको छ । फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाले सेहो?नाम्लाङको प्रचार प्रसार गर्नका लागी उक्त महोत्सव आयोजना गराएको हो । प्रदेश नं १का पूर्व अर्थमन्त्री तथा सांसद ईन्द्र आङ्वो ‘मौसम’को प्रमुख आतिथ्यमा सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८१‘सुरु भएको थियो । महोत्सव २०८१‘ पर्यटन संस्थाका(फाकुमि)का अध्यक्ष डी.एम आङ्देम्बेले सभाध्यक्ष गर्नु भएको थियो । महोत्सवको उद्घाटन सत्रको सञ्चालन भने कैलाश शेर्माले गरेका थिए । फाल्गुनन्द गाउँपलिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र मिक्लाजुङ गाउँपलिकाका उपाध्यक्ष सन्तोष शेर्मा विशिष्ट अतिथिमा रहेका थिए । अतिथिहरूमा फाल्गुनन्द गापा– ५ का वडा अध्यक्ष विष्णु कुमार चेम्जोङ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । उक्त साँस्कृतिक पर्यटन महोत्सव २०८१‘अवसरमा प्रमुख अथिती आङ्वोले खा?उमा मुन्धुम,युम्सा चोक्मा नामक कृतिहरूको समेत विमोचन गर्नुभएको थियो।आइतबारदेखि सुरु भएको महोत्सवको पहिलो दिन वडास्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको थियो । त्यस्तै, महोत्सवमा केःलाङ (च्याब्रुङ नाच) प्रतियोगिता, या?लाङ (धान नाच) प्रतियोगिता र नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजक समितिका निश्चल चेम्जोङ याक्थुङ सा,ले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्