ताप्लेजुङ/ताप्लेजुङ स्टेसनरी व्यवसायी महासङका शैक्षिक सत्र २०८२ को सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण सुरु गरिएको छ । नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङले अघिल्लो बर्षमा एक साता ढिलोगरी पाठ्यपुस्तकहरु बिक्री वितरण सुरु गरेको हो । कक्षा १ देखि १० कक्षा सम्मका पुस्तकहरू आइसकेको र कक्षा ७ सम्मको अङ्ग्रेजी ट्रान्सलेट पुस्तकपनि आइसएको ताप्लेजुङ स्टेसनरी व्यवसायी महासङले जनाएको छ । १ देखि १० सम्मका १५ सय सेट सम्मको दर छ, ७ सम्मको अङ्ग्रेजी अनुवाद र लिम्बू भाषा अनिपानको पाँच सय सेटका दरले आइपुगेको पनी जनाएको छ । ताप्लेजुङ स्टेसनरी व्यवसायी महासङले ताप्लेजुङमा एकै ठाउँबाट पुस्तक बिक्री वितरण गर्दै आएको छ ।अल्लिो गतवर्षमा चैतको दोश्रो हप्ताताबाट वितरण सुरु भएको थियो ।ताप्लेजुङ जिल्ला सदरमुकाम बाट भने विद्यालय स्वेम आफैँले ढुवानी गरेर लैजानुपर्ने प्रावधान रहेको छ । विद्यालयले ढुवानी गर्दा फक्ताङलुङ,सिरिजङ्गा,सिदिङवा गाउँपालिकाका विद्यालयहरुमा बैशाखको पहिलो हप्तामै पुर्याउन केहि समयलाग्ने गरेको छ । जिल्लामा अहिले तीन सय ३० सामुदायिक, विद्यालयहरु रहेका छन् । यी मध्ये ६१ वटा माध्यमिक छन र बाँकी आधारभूत तहकामात्र छन् ।

फोटो:तस्विर बसन्त लिम्बू (लाबुङ),








