ताप्लेजुङ्/ताप्लेजुङ् को फुङलिङनगर पालिका चार तोक्मे डाँडा अवस्थित फाल्गुनन्दको शालिकमा नेपालको १६ औं राष्ट्रिय बिभूति, किरात धर्म दर्शनका पुनरुउत्थानकर्ता महान समाज सुधारक मुहिङगुम अङसिमाङ फाल्गुनन्द लिङ्देनज्यूको विश्व शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागी १०८ दिप प्रज्वल गरिएको छ । महागुरु फाल्गुनन्द ७७ औं स्मृति दिवस किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला ताप्लेजुङको आयोजनामा १०८ दिप प्रज्वल गरि सम्पन्न गरिको होे । बि.सं १९४२ कार्तिक २५ जन्म भइ किरात भाषा लिपि दर्शन गर्दै माङ्निङ्वा रे माङ आबोङ,हाङ्निङ्वा रे हाङ आबोङ,योक निङ्वा रे योक आबोङ,मेन्छम्गेन नाम्याप्मिरे लायो चोक्मा मेन लो,भन्ने मुख्य माङ सिवाखाहुन गर्नु भई १९८८ साल बैशाख २४ गते दश लिम्बु सत्र थुम भेला गरि समाज सुधार गर्दै सुनौलि रुपौलि सोत रित नखानु भनी गरे थियो बिःसं २००५ चैत्र, २२ गते पान्थर हाङ्यक गाउँमा देवआसन हुनु भएको थियो । महागुरु फाल्गुनन्द ७७ औं,स्मृति दिवस किरात धर्म,तथा साहित्यउत्थान संघ जिल्ला ताप्लेजुङको आयोजनामा विश्व शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागी १०८ दिप प्रज्वल गरि सम्पन्न गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला ताप्लेजुङका सचिव सरोज कङलिवाले बताउनु भयो ।


फोटो:तस्विर सरोज कङलिवा,








