समय : ०४:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा शुक्रबारबाट पाठ्यपुस्तक बिक्री वितरण गरिने,

सेवालुङ खवर | चैत्र २० गते २०८१

ताप्लेजुङ/चैत्र २१ गते ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि शुक्रबारबाट पाठ्यपुस्तकहरू बिक्री वितरण गरिने भएकोछ। नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार कक्षा १ देखि १० सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक साथै कक्षा ७ सम्मको अङ्ग्रेजी ट्रान्सलेट पुस्तकहरू जिल्लामा ल्याइसकिएको छ। त्यसैगरी स्थानीय लिम्बू भाषा आनीपानको पुस्तकसमेत ल्याइसकेको मिश्रको भनाइ छ । गत सालको तुलनामा केही ढिला गरी यसपाली पुस्तक आएको हो । गत साल भने चैत्र दोस्रो हप्तामै जिल्लामा पाठ्यपुस्तक आइपुगेको थियो। जिल्लामा हाल ३३० वटा सामुदायिक विद्यालय छन्। शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामा रहेका विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन्। बाँकी १ देखि ३ ,१ देखि ५ र १ देखि ८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका छन् । मिश्रका अनुसार कक्षा १ देखि १० सम्मका कुल १५०० सेट पुस्तक आइपुगेको छ भने ७ सम्मको अङ्ग्रेजी अनुवाद पुस्तक र लिम्बू भाषा अनिपानको ५०० र ५०० सेट आइपुगेको छ।साभार मदन गौतम,

फोटो: तस्विर बसन्त लिम्बू (लाबुङ),

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्