समय : ११:२७ pm | आइतबार , भाद्र २८ गते २०८३

सुरक्षा निकायलाई छल्दै प्रसाई पुगे भारतको राजधानी नयाँ दिल्ली,

सेवालुङ खवर | चैत्र १९ गते २०८१

काठमाडौं /राजा ल्याउने नाममा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई भागेर सुरक्षा निकायलाई छल्दै भारतको राजधानी नयाँ दिल्ली पुगेको निष्कर्ष सुरक्षा निकायले निकालेको छ । गणतन्त्र र नेता विरुद्ध चर्को भाषण दिएर चर्चामा आएका प्रसाईले यही चैत १५ गते तीनकुनेमा भएको राजा फर्काउ आन्दोलनका क्रममा भीडलाई उत्तेजित बनाउँदा पत्रकार सहित विरोध यालीमा सहभागी एक युवकको ज्यान गएको थियो । त्यसपछि प्रसाई भूमिगत भएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन । अस्थिर स्वभावका प्रसाई पछिल्लो समय मुलुकमा राजा ल्याउने आन्दोलनको तर पनि त्यसको बारेमा सुरक्षा निकायले सूचना संकलन गर्न नसक्नु दुःखद पक्ष हो । त्यस्ता अराजक मान्छेलाई पक्राउ गर्न किन आनाकानी गरेको होला सुरक्षा निकायले ? समयमा नै उसलाई नियन्त्रणमा लिएकोभए यत्रो जन धनको क्षति हुने थिएन ।’प्रसाईको बारेमा अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौले पछिल्लो अवस्थाको बारेमा खोजी गरिरहेको बाहेक अन्य कुरा बताउन चाहेको छैन । भागेर दिल्ली पुगेको निष्कर्षमा पुगेको सुरक्षा निकायले प्रसाईलाई नेपालमा राजद्रोहको मुद्दा चलाउने तर नेपाल आउन नदिने रणनीति अपनाएको हो कि भन्ने आशंका सुरक्षा विज्ञहरूले गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले भन्नुभयो प्रसाईको उहाँले अराजक मनाव सार्वजनिक गर्ने समाजलाई ने उत्तेजित बनाउने काम गर्दा सरकारले सुरक्षा निकायलाई पक्राउ गर्नुपर्ने आदेश दिनुपर्ने हो । किन त्यसो भएन,। यसतर्फ पनि अब गम्भीर समीक्षाहुन जरुरी छ । अहिले दिल्ली पुगेका प्रसाईले भेटघाटलाई तीव्र बनाएको सूचना आएको एक उच्च सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिदै मने अब कसरी फेस सेसिद्धगर्ने भन्ने विषयमा प्रस्ताव छलफलतीव्र बनाएको सूचना आएको छ । यस बारेमा हामीले सरकारलाई जानकारी गराएका हौं । प्रसारका कारण राजा फर्काउने भनिएको आन्दोलन कमजो सरकाले पूर्व राजा वादीहरू रणनीति बनाउन अहिले ब्यस्त देखिन्छन् । गणतन्त्र वादीहरुको चेपुवामा परेको राजाबादी आन्दोलन कमजोर हुनुमा प्रसाई जिम्मेवार रहेको मन्वै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब कसैको वैशाखी नटेकी आन्दोलन अघि बढाउन उच्चस्तरीय–संयन्त्र बनाउने आफ्नो अडानदोह्याउनु भएको छ । साभार नेपाल समाचारपत्र,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्