ताप्लेजुङ/ ताप्लेजुङमा अबस्थित रहेको मुकुम्लुङ/पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई सर्वोच्च अदालतले तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नु भनी आदेश दिएको छ । यामबहादुर लिम्बू समेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हाल सम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनि आदेश दिएको हो । केबलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो । अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ । मुकुम्लुङ÷पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ भने स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकार विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
ताप्लेजुङको केबलकार निर्माण कार्य स्थगन गर्न सर्वोच्च अदालतको आदेश,








