समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

पाथीभरा क्षेत्रमा निर्माण भएको याग्राङसिंङ् नहटाइदिन क्षेत्र विकास समितिलाई अनुरोध,

सेवालुङ खवर | चैत्र ९ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिलाई याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ताप्लेजुङ र युमा साम्यो नेपालले अनुरोध गरेका छन्। युमा साम्यो नेपालका सचिव भीमसेन लिम्बु र याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ताप्लेजुङ अध्यक्ष हाङमायाले लेर्छबोले आइतबार फरक फरक निवेदन लेखेर यस्तो आग्रह गरेका हुन् ।विश्वका समस्त युमा धर्मावलम्बीहरूको प्रमुख धार्मिक अनुष्ठान तङ्सिङ लिङ्गो याग्राङसिङ र साम्योलुङ मौलिक मुन्धुमी आस्था र विश्वासको एक पवित्र प्रतीक मानिने हुनाले अबदेखि युमा धर्मावलम्बीहरूले उक्त देवस्थलमा पुगी अनुष्ठान लगायतका पूजाआजा गर्न सहज हुने भएकाले संरचना स्थापित गरिएको उक्त संस्थाले बताएका छन्। गत चैत्र ६ गते रातको समयमा पाथीभरा डाँडामा उक्त याग्राङसिङ राखिएको भन्दै क्षेत्र विकास समितिले तीन दिनभित्र हटाउन सम्बन्धित पक्षलाई सुचित गरेको थियो । तोकिएको समयमा उक्त संरचना नहटाएमा समितिले आफै हटाउने व्यहोरा पत्रमा उल्लेख गरेको थियो।अनुरोध पछि पाथीभरा क्षेत्र बिकास समितिको आगामी बैठकमा छ्लफल तथा निर्णय हुने क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले प्रतिक्रिया दिनुभएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्