समय : ०५:४२ pm | सोमबार , भाद्र २९ गते २०८३

आज फागुन शुक्ल प्रतिपदा शुक्रबारका दिन शेर्पा समुदायहरुले ग्याल्पो ल्होसार मनाउँदे,

सेवालुङ खवर | फागुन १६ गते २०८१

आज फागुन शुक्ल प्रतिपदा शुक्रबारका दिन शेर्पा समुदायहरुले ग्याल्पो ल्होसार मनाउँदै छन् ।आगमन सँगै नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार मनाएकोहो । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा ग्याल्पो ल्होसारलाई बाँडिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यो ग्याल्पो ल्होसारलाई विविध कार्यक्रम आयोजना गरी भव्यताका साथमा मनाउने गरीन्छ । ग्याल्पो ल्होसारलाई भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरूवात भएको हो । ग्याल्पो ल्होसार नामकरण भएको शेर्पासमुदायका विज्ञहरुले जनाएका छन् । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको पनी उनिहरुले बताएका छन् ।.विगतको क्रममा हिमाली क्षेत्र १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ ओटा जिल्लामा मनाइने गरिन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको छ । ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा रहेको छ । माघ शुक्ल प्रतिपदाका दिन गुरूङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले सोनाम ल्होसार मनाएका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्