ताप्लेजुङ,/ताप्लेजुङमा केवलकार आन्दोलनरत पक्षले सरकार मार्फत सुनुवाई नभए माघ २० गते बाट कोशी प्रदेश भित्रका ९ जिल्लमा समेत थप बन्दको आव्हान,गरेका छन् । गत माघ १२ गते शनिवार ताप्लेजुङ जिल्लाको मुन्धुमी स्थल पाथीभरा क्षेत्रमा भएको घटना पछी ताप्लेजुङ जिल्ला पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिले,अनिश्चित कालिन बन्द आव्हानको घोषणा गरेका थिए । ताप्लेजुङ जिल्लाको मुन्धुमी पवित्र तिर्थ स्थल मुक्कुम्लुङ/पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरुलाई प्रहरीले गोली हानी घाइते पारेपछि माघ १५ गते बाट ताप्लेजुङ जिल्लासँग जोडिने मेची हाइवे, तमोर करिडोर र तेह्रथुम बाट आउने नाकाबाट सवारी साधन बन्द गरेको हो । मुक्कुम्लुङ पाथिभरामा बनाउने भनिएको केवलकार खारेजीको माग निर्णय नभए सम्म सरकार मार्फत सुनुवाई नभए बन्द जारी रहने र थप आनदोलन पूर्वमा रहेका कोशी प्रदेश भित्रका ९ वटा जिल्ला समेत माघ २० र २१ गते बाट बन्दको आव्हान गरिने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका डम्बर लाबुङ लिम्बूले बताएका छन् । यस अघि बन्द मेची राजमार्ग झापाको बुधबारे, इलाम,पाँचथर हुँदै ताप्लेजुङ जाने यातायात सञ्चालनमा आउन सकेको छैनन् त्यस्तै सुनसरी धनकुटाहुँदै फिदिम जाने तमोर करिडोर पनी सञ्चालन भएको छैन । बन्दको कारणले पाथीभरा दर्शन गर्न आउने तिर्थयात्री र ताप्लेजुङ जिल्लामा आवत जावत गर्नेहरुलाई मार्कामा परेका छन् ।
केवलकार आन्दोलन सरकार मार्फत सुनुवाई नभए माघ २० गते बाट थप बन्दको आव्हान,








